दफा ६३
पद रिक्त हुने अवस्था र रिक्त पदको पूर्ति
(१) न्यायाधिकरणको सदस्यको पद देहायको कुनै अवस्थामा रिक्त हुनेछः–
(क) पदावधि समाप्त भएमा,
(ख) त्रिसठ्ठी वर्ष उमेर पूरा भएमा,
(ग) मृत्यु भएमा,
(घ) राजीनामा दिएमा,
(ङ) नैतिक पतन देखिने फौजदारी कसूरमा अदालतबाट दोषी ठहरिएमा, वा
(च) आफ्नो पद अनुसारको आचरण नगरेको वा कर्तव्य पालना गर्न असक्षम भएको आरोपमा नेपाल सरकारले छानबिन गर्दा खराब आचरण गरेको वा आफ्नो कर्तव्य पालना गर्न असक्षम भएको प्रमाणित भएमा ।
तर यस खण्ड बमोजिमको आरोप लगाइएको न्यायाधिकरणको सदस्यलाई सफाई पेश गर्ने मनासिब माफिकको मौका दिनु पर्नेछ ।
(२) उपदफा (१) को खण्ड (च) मा जुनसुकै कुरा लेखिएको भए तापनि न्यायाधिकरणको कानून सदस्य बहालवाला न्यायाधीश भएमा त्यसरी छानबिन गर्दा निजको सेवा शर्त तथा सुविधा सम्बन्धी प्रचलित कानून बमोजिम गरिनेछ ।
(३) उपदफा (१) को खण्ड (च) बमोजिमको प्रयोजनका लागि छानबिन गर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।
(४) उपदफा (१) बमोजिम न्यायाधिकरणको कुनै सदस्यको पद रिक्त हुन आएमा नेपाल सरकारले दफा ६१ बमोजिम योग्यता पुगेका व्यक्तिहरुमध्येबाट बाँकी अवधिका लागि रिक्त पदको पूर्ति गर्नेछ ।